सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो

Nepal Cover
१६ मंसिर २०७९, शुक्रबार
image

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य १ हजार रुपैयाँले बढेका छन् । 

 आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर ९९ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको  महासङ्घले जनाएको छ ।