मेयर साहको अर्को अत्यन्त जरुरी जरुरी सूचना

  Sampatti News Online

December 2, 2022

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंका बासिन्दालाई अर्को अत्यन्त जरुरी सूचना प्रकाशित गरेका छन् । शुक्रबार प्रकाशित सूचनामा सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्ने जो कोहिलाई पनि उसैलाई क्षतिपूर्ति तिराउने महानगर पालिकाले गरेको निर्णय सार्वजनिक भएको छ ।

‘सूचनामा भनिएको छ, ‘कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानि नोक्सानी गरेमा क्षति पु–याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानुन बमोजिम कारबाही एवं हानि नोक्सानी बापतको क्षतिपूर्ति समेत कानुन बमोजिम भराइने छ । ’

जारी सूचनमा उल्लेख भए अनुसार सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको संरक्षण गर्ने दायित्व महानगरको भएको भन्दै कुनै पनि संघ, संगठन, निकाय, समूह, व्यक्ति वा अन्य जो कसैले जुनसुकै तरिका वा प्रक्रियाबाट त्यस्ता सम्पत्तिको नोक्सान गर्ने, क्षति गर्ने, नष्ट गर्ने वा अतिक्रमण गर्ने कार्य गर्न पूर्ण रुपमा निषेध गरिएको छ ।

प्रकाशित मिति:December 2, 2022