नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

  Sampatti News Online

December 4, 2022

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिस डाँडामा बस्ने र मंसिर ४ को निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार निर्माणबारे छलफल हुने नेताहरुले बताएका छन् ।

शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जान सबै विकल्प खुला गरेको बताएको थियो । आजको बैठकले सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल हुनसक्ने बताइएको छ ।

मंसिर ४ को निर्वाचनबाट माओवादी केन्द्र तेस्रो शक्ति बनेको छ । उसले प्रत्यक्षतर्फ १७ सिट जितेको छ । अब बन्ने सरकारको नेतृत्व लिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड इच्छुक देखिएका छन् ।

प्रकाशित मिति:December 4, 2022