१५ दिन भित्र व्यवस्थित नगरे तार काट्ने विद्युत प्राधिकरणको चेतावनी

  Sampatti News Online

December 4, 2022

काठमाडौं । अव्यवस्थित तथा प्रयोगमा नरहेका तारहरू हटाउने ४५ दिने सूचनालाई सम्बन्धित सरोकारवालाले बेवास्ता गरेको भन्दै विद्युत प्राधिकरणले ताकेता गरेको छ।

प्राधिकरणले एक सूचना जारी गर्दै तार व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको उल्लेख गरेको छ। प्राधिकरणले सूचना जारी गरेको आज ३० दिन पुगेको छ। आजबाट थप १५ दिनमा तारहरू हटाइसक्न उसले ताकेता गरेको हो।

प्राधिकरणको पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर केबल र कोएक्सियल केबल तथा पोलमा जथाभाबी झुन्ड्याइएको उपकरणहरू निर्धारित मापदण्ड अनुसार ४५ दिन भित्रमा व्यवस्थित गर्ने सम्बन्धमा प्राधिकरणले गत कात्तिक १५ गते सूचना जारी गरेको थियो।

सूचना अनुरूप इन्टरनेट सेवाप्रदायकहरूले विभिन्न पोलमा प्रयोगमा नभएका तारहरू हटाउने काम पनि सुरु गरेका थिए। तर पार नलागेपछि उनीहरू पछि हटेका थिए ।

तोकिएको समयमा सुधार कार्य नगर्ने र नगराउने सेवा प्रदायकहरूको केबल लगायतका उपकरणहरू प्रचलित कानुन बमोजिम प्राधिकरण आफैले हटाउने चेतावनी दिएको छ।

प्रकाशित मिति:December 4, 2022