लुम्बिनी प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग्यो (सूचनासहित)

Nepal Cover
२५ मंसिर २०७९, आईतवार
image

। लुम्बिनी प्रदेश लोक सेवा आयोगले विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेका छन् । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने भन्दै आयोगले योग्यता पुगेका उम्मेदवारलाई दरखास्त आह्वान गरेका हुन् ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भन्दै आयोगले कर्मचारी माग गरेको छ ।

पुस १४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।