संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान: प्रधानमन्त्री देउवा

Nepal Cover
२५ मंसिर २०७९, आईतवार
image

काठमाडौं । आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गरेका छन्।

संघ, प्रदेश र स्थानीय तहको निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको दाबी गर्दै उनले अब नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे। उनले संघीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहको सबलीकरण हुने गरी कानुनको निर्माण गर्ने काममा ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे।

उनले भ्रष्टाचारशून्य नीति लिएर अघि बढ्न पनि स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे। ‘दिगो विकास लक्ष्यअनुरूप योजना तर्जुमालाई प्राथमिकतामा लिएर लक्ष्य प्राप्तितर्फ उन्मुख भएर देशको शिक्षित युवा जनशक्तिलाई रोजगारीको अवसर सिर्जना गर्न आवश्यक छलफल हुन आवश्यक छ,’ उनले भने, ‘स्थानीय निकायले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाएर भ्रष्टाचारशून्य नीति लिएर अघि बढ्न म विशेष अनुरोध गर्दछु।