दोहोरो अंकले बढ्यो नेप्से

  Sampatti News Online

December 12, 2022

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार १६.९७ अंकले बढेर एक हजार ९ सय २ दशमलब २८ विन्दुमा बन्द भएको हो ।

आज नेप्सेमा कारबार रकम एक अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । आज एक अर्ब ३६ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १५८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आइतबार समिट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११६६.२० रुपैयाँ पुगेको छ भने सिवाइसी नेपाल लघुवित्त वित्रीय संस्थाको शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता २०५४.८० रुपैयाँ पुगेको हो ।

आज ग्लोबल आईएमई ब्यालेन्स फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज २१ करोड ३२ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:December 12, 2022