२८ लाख घूससहित पक्राउ परेका इन्जिनियरविरुद्ध मुद्धा दायर

  Sampatti News Online

December 12, 2022

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२८ लाख घूससहित पक्राउ परेका इन्जिनियर सत्याल र प्लम्बर थापाविरुद्ध मुद्धा दायर गरिएको हो ।

खानेपानी सम्बन्धी कामको भुक्तानी बापत सेवाग्राहीसँग घुस तथा रिसवत माग गरिरहेको उजुरीका आधारमा सत्याल र थापा कात्तिक २ गते पक्राउ परेका थिए । सेवाग्राहीबाट १६ लाख नगद र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा पक्राउ परेका उनीहरुविरुद्ध सोमबार मुद्दा दाय गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर मा उनीहरूलाई २८ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:December 12, 2022