नेप्सेमा सामान्य अंकको गिरावट

  Sampatti News Online

December 13, 2022

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार २.५७ अंकले घटेर एक हजार ८ सय ९९ दशमलब ७० विन्दुमा बन्द भएको हो ।  

त्यस्तै, आज नेप्सेमा कारोबार रकम एक अर्ब रुपैयाँ पनि पुगेको छैन । आज ७७ करोड ७० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ९० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आइतबार सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २२६०.२० रुपैयाँ पुगेको छ भने सान्जेन जलविद्युत कम्पनीको शेयरमूल्य पनि ७.७३ प्रतिशतले बढेर प्रतिकित्ता २३७ रुपैयाँ पुगेको हो ।   

आज तेह्रथुम पावर कम्पनी र सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ७ करोड १७ लाख भन्दा बढीको कारोबार भएको छ ।    

प्रकाशित मिति:December 13, 2022