काठमाडौँ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको–४ स्थित चलाल गणेशस्थानमा हिजो साँझ भएको बस दुर्घटनामा परी मृत्यु भएका १७ जनामध्ये १३ जनाको सनाखत भएको छ।
मृत्यु हुनेमा बस चालक ललितपुरको महांकाल घर भइ पनौती ४ बस्ने २२ वर्षका सन्तोष तिमिल्सिना, बनेपा नगरपालिका १४ का ३९ वर्षका राजकुमार तामाङ, बनेपा ११ की ७९ वर्षकी निर्मला तामाङ, बनेपाकै ११ वर्षका योगेश तामाङ, ५० वर्षका अंकुर तामाङ, ४३ वर्षकी हेमा तामाङ, १० वर्षका पुष्कर तामाङ, २५ वर्षकी कोपिला तामाङ, ६ वर्षकी समिक्षा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
त्यस्तै बनेपा नपा–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा–११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका–५ की ३२ वर्षीया मञ्जु तामाङको पनि सो बस दुर्घटनामा मृत्यु भएको छ ।
यस्तै बस चालक ललितपुरको महाँकाल–४ घर भई हाल पनौती नपा–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको जोशीले जानकारी दिए। घाइते केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। मृतकमध्ये चार जनाको नाम खुल्न बाँकी छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बस अत्यधिक गतिमा गुडेर दुर्घटना भएको हो । बस सडक मोडको भित्तामा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो । बसमा सवार ३९ यात्रु सवार थिए । घाइतेको धुलिखेल अस्पताल, बनेपास्थित शिर ममोरियल अस्पताल, मध्यपुर ठिमी अस्पताल, वीर अस्पताल, न्यूरो अस्पताल बाँसबारीलगायतमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे बताइन्।
बा३ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । मृत्यु भएकामध्ये सात जना बनेपाको एउटै वडाका छन् । बनेपा नगरपालिका–११ का कुमार तामाङको नातिको व्रतबन्धमा बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो ।