संसद सचिव घिमिरेले ९ महिना अवधि बाँकी रहँदै राजीनामा दिए

  Sampatti News Online

December 14, 2022

काठमाडौँ । संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए । उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् ।

घरायसी कामका कारणले राजीनामा दिएको सचिव घिमिरेले बताएका छन् ।

घिमिरेले मङ्गलवार सचिवालयका महासचिव भरतराज गौतमसमक्ष राजीनामा दिएका थिए । बुधबार नै उनको राजीनामा स्वीकृत भएको हो ।

समिति सचिवालयका अनुसार बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संसद सचिवालय व्यवस्थापन समितिको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।

प्रकाशित मिति:December 14, 2022