नेप्सेमा आज सामान्य अंकको गिरावट

  Sampatti News

December 14, 2022

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार २.६२ अंकले घटेर एक हजार ८ सय ९७ दशमलब ८ विन्दुमा बन्द भएको हो ।  

त्यस्तै, आज नेप्सेमा कारोबार रकम एक अर्ब रुपैयाँ पनि पुगेको छैन । आज ७२ करोड ७८ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आइतबार सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४८६.२० रुपैयाँ पुगेको छ भने इष्टर्न हाइड्रोपावर कम्पनीको शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता २३७.६० रुपैयाँ पुगेको हो ।   

आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशतले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यसको आज ५ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।  

प्रकाशित मिति:December 14, 2022