शिवम् सिमेन्ट: घोषणा गर्यो लाभांश

  Sampatti News Online

December 15, 2022

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश सार्वजनिक गरेका छन् ।

कम्पनीको मंसिर २८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ४ अर्ब ४० करोडको आधारमा १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित मिति:December 15, 2022