नेपाल बैंकले गर्‍याे लाभांश घोषणा

Nepal Cover
१ पुष २०७९, शुक्रबार
image

नेपाल बैंक लिमिटेड (NBL) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरको छ । बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख रुपैयाँको २ प्रतिशत बोनस शेयर र १० प्रतिशत (कर सहित) नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंक र नेपाल सरकारको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।