मधेशी आयोगले मुस्लिम र थारु लाई सूची बाट हटाए

  Sampatti News Online

December 16, 2022

काठमाडौँ । मधेशी आयोग द्वारा गरिएको ‘नेपालमा मधेशी समुदायको थर सूचीकरण-२०७८’ को उपसमूह-१ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाएको हो ।

मधेशी आयोगको उपसचिव सबिता डङ्गोलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मधेशी आयोगले थारु र मुस्लिम आयोगका अध्यक्ष सहितको पदाधिकारीहरूले सार्वजनिक रूपमा थारु र मुस्लिम समुदायको अलगै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदायसँग मेल नखाने भएकोले सुचीबाट हटाएको बताएकी छिन् ।

यस्तो निर्णयमा मधेशी आयोगको विरोध गर्नुपर्ने कुनै तर्क नरहेको उनको उल्लेख गरेकी छिन् ।

थारु र मुस्लिम आयोगसँगै थारु साहित्य समाज, थारु कल्याणकारिणी सभालगायत दर्जनौँ सङ्घ(संस्थाहरुले मधेशी आयोगमा थारु र मुस्लिमलाई मधेशीको सुची बाट हटाउन निवेदन दिएको आयोगका अध्यक्ष डा।विजयकुमार दत्तले बताए । आयोगका अध्यक्ष डा।दत्तका अनुसार सरोकारवाला संवैधानिक आयोगहरूले नै हामी मधेशी होइनौ भनेपछि मधेशी आयोगले सो निर्णय गरेको उनले बताएका छन् ।

प्रकाशित मिति:December 16, 2022