सुवास नेम्वाङविरुद्ध सर्वोच्चमा उजुरी

Nepal Cover
१ पुष २०७९, शुक्रबार
image

 इलाम क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा उजुरी परेको छ।

यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुनः मतगणना गर्न माग गर्दै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बरबहादुर खड्काले उजुरी दिएका छन्।

पूर्वसभामुख समेत रहेका नेम्वाङ काँग्रेसका खड्कासँग ११४ मतान्तरले विजयी भएका हुन्।

निर्वाचन कार्यालयका अनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर जित हासिल गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका छन्।