नेप्सेमा आज दोहोरो अंककाे गिरावट

  Sampatti News Online

December 18, 2022

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार २७.५४ अंकले घटेर एक हजार ८ सय ५५ दशमलब ०६ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब १५ करोड ७१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८० वटा कम्पनीको शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आइतबार इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता २८७.४० रुपैयाँ पुगेको छ भने ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ कोे शेयरमूल्य पनि ९.३५ प्रतिशतले बढेर प्रतिकित्ता ८.४२ रुपैयाँ पुगेको हो ।

आज रु रु जलविद्युत परियोजना र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कृषि विकास बैंकको भएको छ । यसको आज ६ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:December 18, 2022