नेप्सेमा सामान्य अंकको सुधार

  Sampatti News Online

December 19, 2022

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार ३.८३ अंकले बढेर एक हजार ८ सय ५८ दशमलब ८९ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से २७.५४ अंकले घटेर एक हजार ८ सय ५५ दशमलब ०६ विन्दुमा बन्द भएको थियो ।  

त्यस्तै, आज नेप्सेमा सुधार भएपनि कारोबार रकम भने एक अर्ब रुपैयाँ पनि पुगेको छैन । आज ८८ करोड ६० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १२५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।   

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आइतबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५४५.७० रुपैयाँ पुगेको छ भने खप्तड लघुवित्त वित्तीय संस्थाकोे शेयरमूल्य पनि ६.०८ प्रतिशतले बढेर प्रतिकित्ता ५८०.६० रुपैयाँ पुगेको हो ।   

आज इष्टर्न हाइड्रोपावर कम्पनी र ग्लोबल आईएमई ब्यालेन्स फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी प्राइम कमर्शियल बैंकको भएको छ । यसको आज ६ करोड ९३ लाख भन्दा बढीको कारोबार भएको छ ।  

प्रकाशित मिति:December 19, 2022