नेप्सेमा दोहोरो अंकको वृद्धि

  Sampatti News Online

December 20, 2022

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज १४.२२ अङ्कले बढेर एक हजार ८ सय ७३ दशमलव ११ विन्दुमा बन्द भएको हो । सोमबार नेप्सेमा सामान्य सुधार देखिएको थियो। 

त्यस्तै, आज नेप्सेमा सुधार भएपनि कारोबार रकम भने एक अर्ब रुपैयाँ पनि पुगेन । आज ९३ करोड ८ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १५२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।       

नेप्सेका अनुसार आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । आज मङ्गलवारको कारोबारबाट आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५०७ रुपैयाँ पुगेको छ भने सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता ९९६.६० रुपैयाँ पुगेको हो ।   

आजको कारोबारमा सनराइज ब्लुचिप्स फन्ड र गरिमा डिबेन्चरको मुल्यमा सर्वाधिक गिरावट आएको छ। त्यसै गरी, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।  यसको आज ६ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।      

प्रकाशित मिति:December 20, 2022