बढ्यो सुनको मूल्य

  Sampatti News Online

December 21, 2022

पुस ६ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेका छन्।

अाज छापावाल सुन प्रतितोला ८०० रुपैयाँ बढेको छ। अघिल्लो दिन १ लाख ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन बढेर १ लाख १ हजार २०० रुपैयाँमा कारोबार भएको छ।

त्यसैगरी, यस दिन तेजाबी सुन १ लाख ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति:December 21, 2022