नेप्सेमा पाँच अंकको गिरावट

  Sampatti News Online

December 21, 2022

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको कारोबारको चौथो  दिन आज बुधबार आज नेप्से ५.८९ अङ्कले घटेर एक हजार ८ सय ६७ दशमलव २२ विन्दुमा बन्द भएको हो ।   मंगलबार नेप्से १४.२२ अङ्कले बढेर एक हजार ८ सय ७३ दशमलव ११ विन्दुमा बन्द भएको थियो  । 

त्यस्तै, आज नेप्सेमा सुधार भएपनि कारोबार रकम भने एक अर्ब रुपैयाँ पनि पुगेन । आज ८६ करोड ३८ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।  कारोबार भएका कम्पनीमध्ये ६३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।       

नेप्सेका अनुसार आज पाँच कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । आज बधुबारको कारोबारबाट आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६५७ रुपैयाँ पुगेको छ भने सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १०९६.२० रुपैयाँ पुगेको छ । त्यस्तै, इस्र्टन पावरको ९.९९ प्रतिशतले वृद्धि भएर २९७.९० मा पुगेको छ भने घलेम्दी पावरको ९.१४ प्रतिशतले वृद्धि भएर २०३ रुपैयाँ पुगेको छ । त्यस्तै धौलागिरी लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेर ६४९.५० रुपैयाँ पुगेको छ ।   

आजको कारोबारमा पञ्चकन्या पावरको मुल्यमा सर्वाधिक गिरावट आएको छ । त्यसै गरी, एनआइसी एसिया बैंकको सर्वाधिक शेयर कारोबार भएको छ ।  यसको आज ११ करोड ८२ लाखभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:December 21, 2022