पुनः मतदान र मतगणना माग गर्दै

  Sampatti News Online

December 21, 2022

काठमाडौँ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न कारणहरू देखाउँदै पुनः मतदान माग गरिएको आठ रिटमा कारण देखाऊ आदेश जारी भएको छ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले बुधबार प्रारम्भिक सुनुवाइपछि निर्वाचन आयोग लगायत अन्य विपक्षीहरूको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

दोहोर्‍याई मतगणना माग गर्नेमा रविदत्त मिश्र, उमाशङ्कर अरगरिया, गणेश पौडेल, विदेश्वर यादव, सुकेश्वर यादव, कालीप्रसाद शाक्य, सुरेन्द्रप्रसाद चौधरी र महेन्द्र यादवलगायत छन् । पुन: निर्वाचनको माग गर्नेमा झलनाथ खनाल बलदेव रेग्मी कर्णबहादुर थापा र लालबहादुर थापालगायत छन् ।

प्रकाशित मिति:December 21, 2022