नेप्से परिसूचक स्थिर ०.०१ अंक घटे

  Sampatti News Online

December 22, 2022

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक स्थिर रहेको छ। यस दिन नेप्से परिसूचक ०.०१ अंक घटेर १८६७.२१ विन्दुमा झरेको छ।

नेप्से परिसूचक घटेपनि यस दिन सेन्सेटिभ इण्डेक्स भने बढेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.७२ अंक बढेर ३६७.०६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंक घटेको छ।

बिहीबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ८६ करोडको शेयर कारोबार भएकोमा यस दिन २४७ स्टकको २३ हजार पटकको कारोबारमा १ अर्ब ११ करोड ९७ लाख ९७ हजार रुपैयाँ बराबरको ३१ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबार रकमका आधारमा नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। कम्पनीले प्रतिकित्ता ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। त्यसैगरी, यस दिन एनआईसी एशिया र नबिल बैंकको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको करिब ५ करोडको शेयर किनबेच भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन श्रृजनशील लघुवित्त र धौलागिरी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन श्रृजनशील लघुवित्तको शेयरमूल्य १०९ रुपैयाँ ६० पैसा बढेको छ भने धौलागिरी लघुवित्तको ६४ रुपैयाँ ९० पैसा बढेको छ। यस दिन आदर्श लघुवित्त र कालिका पावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको आँधीखोला जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ७.७० प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूह सकारात्मक रहेका छ भने बाँकी १० उपसमूहको नकारात्मक रहेका छन्। यस दिन अन्य, म्युचुअल फण्ड र बैंकिङ्ग उपसमूहको परिसूचक सकारात्मक रहेको हो। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधकि २.०४ प्रतिशत बढ्दा होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२८ प्रतिशत घटेको छ।

प्रकाशित मिति:December 22, 2022