भूकम्पमा परी ज्यान गुमाएका परिवारहरुलाई आर्थिक सहयोग

  Sampatti News Online

December 23, 2022

डोटी । गएको कात्तिक २२ गते डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएको भूकम्पमा परी ज्यान गुमाएका परिवारहरुलाई आर्थिक सहयोग गरिएको छ । प्रवासी नेपाली सचेतना समाज भारतले प्रतिमृतक परिवारलाई १० हजारका दरले आर्थिक सहयोग गरेको हो ।

प्रवासी नेपाली सचेतना समाज भारतले पठाएको रकम मृतक ६ जनाका आफन्तलाई ६० हजार रुपियाँ हस्तान्तरण गरेको पूर्वीचौकीका स्थानीयवासी तथा पत्रकार विक्रम खड्काले बताउनुभयो ।

भारतका विभिन्न ठाउँमा काम गर्ने नेपालीबाट संकलन गरेर भूकम्प प्रभावित तथा पीडितका लागि नेपाली १ लाख २२ हजार ५ सय ९० रुपियाँ पठाएको प्रवासी नेपाली सचेतना समाज भारतका अध्यक्ष टीकाराम कडायतले जानकारी दिनुभयो । बाँकी रहेको ६२ हजार ५ सय ९० रुपियाँ पूर्वीचौकी गाउँपालिका विपद् व्यवस्थापन कोषमा जम्मा गरिने पत्रकार खड्को कथन छ ।

प्रकाशित मिति:December 23, 2022