१२०० रुपैयाँले घट्यो सुनकाे मूल्य 

  Sampatti News Online

December 23, 2022

काठमाडौं । सुनको मूल्य नेपाली बजारमा शुक्रबार प्रतितोला एक हजार २०० रुपैयाँले घटेको छ । घटेसँगै छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार तेजावी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको थियो  ।  शुक्रबार चाँदी प्रतितोला १५ रुपैयाँले ओरालो लागेर एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:December 23, 2022