संसदीय दलको नेता चयन गर्न जसपामा समिति गठन

Nepal Cover
१० पुष २०७९, आईतवार
image

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभातर्फ संसदीय दलको नेता चयन गर्न समिति गठन गरेका छन्।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार जसपाले संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय समिति गठन गरेको हो।

मिथिलेश कुमार सिंहको संयोजकत्वमा गठित समितिमा अर्जुन थापा र दीपेन्द्र झा सदस्य छन्।