गोली हानी एक युवकको हत्या

  Sampatti News Online

December 25, 2022

धनुषा । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा एउटा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

शनिबार साँझ अज्ञात समूहको गोली प्रहारबाट सोही गाउँपालिका–२ बस्ने ४० वर्षीय धनुक दासको मृत्यु भएको छ । उनको बायाँ पाखुरामा गोली लागेको थियो ।

गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुल्न सकेको छैन भने घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति:December 25, 2022