आज सुनको मूल्य, यस्तो छ

Nepal Cover
१० पुष २०७९, आईतवार
image

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ तोकिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।