उपसचिवसहित ११ कर्मचारीको सरुवा

  Sampatti News Online

December 26, 2022


काठमाडौँ । उपसचिव सहित ११ कर्मचारीको सरुवा गरिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको माग अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई उपसचिव, आठ अधिकृत र एक नासुसहित कर्मचारीको सरुवा गरेका छन् ।

अख्तियार स्रोतबाट प्रशासन विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार प्राविधिक उपसचिव रेनु शाक्य उपसचिव विजय राज पौडेल, शाखा अधिकृत द्वय सञ्जय बहादुर स्याङताङ र जीवन निरौला, नापी अधिकृत शालिग्राम लम्साल, विवेक तिवारी, गोपालकृष्ण खर्बुजा र सुरेश श्रेष्ठ, इन्जिनियर कृष्ण थापा, शाखा अधिकृत सुनिता तुम्बाहाङफे र नासु नैन बहादुर कार्कीको सरुवा भएको हो ।

जसमध्ये उपसचिव शाक्य, शाखा अधिकृत स्याङताङ र तुम्बाहाङफे, नापी अधिकृत लम्साल र तिवारीलाई अख्तियार वा अन्तर्गतको कार्यालयमा सरुवा गरिएको हो भने उपसचिव पौडेल, शाखा अधिकृत निरौला, नापी अधिकृत द्वय खर्बुजा र श्रेष्ठ, इन्जिनियर थापा र नासु कार्कीलाई आयोगबाट अन्यत्र सरुवा गरिएको हो ।

प्रकाशित मिति:December 26, 2022