श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कुँवरले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरे

Nepal Cover
११ पुष २०७९, सोमबार
image

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री २०७९ असार १३ गते मन्त्रालयको नेतृत्व सम्हालेका कुँवरले बिदाइ हुँदै आफूले गरेका कामको विवरण सार्वजनिक गरेका हुन।

नयाँ सरकार गठन भएसँगै उनको बिदाइ गरिएको हो। पूर्ण रूपमा देशभित्रै आन्तरिक रोजगारको सुनिश्चित नहुँदासम्म हाम्रो मुलुकबाट बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न सकिने अवस्था नभएको उनको भनाई छ। यस्तो अवस्थामा व्यवस्थित र मर्यादित रूपमा कामदारको सुरक्षा, हकहितलाई ध्यानमा राखी वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नु चुनौतीपूर्ण रहेको उनको भनाई छ।

उनले आफ्नो कार्यकालमा आन्तरिक रोजगारी, वैदेशिक रोजगारी, सामाजिक सुरक्षा, सेवा प्रवाहमा सुधार लगायतका काममा उल्लेख्य प्रगति गरेको बताए।