December 26, 2022
काठमाडौं, ११ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् ।
यसअघि गृह मन्त्रालयमा माओवादीका नारायणकाजी श्रेष्ठको दाबी थियो । तर, अन्तिममा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले कन्भिन्स गरेपछि श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका हुन् ।
प्रकाशित मिति:December 26, 2022
November 23, 2024