संकटमा रहेको अर्थतन्त्रलाई सहि ट्रयाकमा ल्याउन पहल गर्ने: अर्थमन्त्री विष्णु पौडेल

Nepal Cover
१२ पुष २०७९, मंगलवार
image

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सोमबार सिंहदरबारमा कार्यभार सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अहिले अर्थतन्त्रमा देखिएको संकटको व्यवस्थापनका लागि पहिलो प्रथामिकता दिने बताएका हुन ।उनले भने, ‘के कारणले देशको अर्थतन्त्र के कारणले बिग्रेको हो पनि खोज्ने छु। यसमा विज्ञहरुलाइ्र्र साथमा लिएर संकटमा रहेको अर्थतन्त्र सुधारका बाटाहरु खोज्ने छु ।’  

अहिलेको नेपालको अर्थतन्त्रमा पहिला प्रथामिकता भनेको विदेशी मुद्रा जोगाउन आयातमा गरिएको कडाइले पारेको व्यापार चत्र रहेको छ  । त्यसले सरकारको राजस्व संकलनमा उल्लेख्य गिरावट देखाएको छ ।

यसको कारण  मंसिर मसान्तसम्म ४ खर्ब ६४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य सरकारले लिएमा जम्मा ३ खर्ब २६ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ। यो लक्ष्यभन्दा १ खर्ब ३८ अर्ब अर्थात् ३० प्रतिशतले कम हो। गत वर्षकोभन्दा २० प्रतिशत कम हो।