ओरालो लाग्यो सुनचाँदीको मूल्य

Nepal Cover
१४ पुष २०७९, बिहीबार
image

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।