नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २९ गते विश्वासको मत लिने

Nepal Cover
१४ पुष २०७९, बिहीबार
image

काठमाडौँ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नवनियुक्त प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषयमा छलफल भएको थियो।

बैठकमा सहभागी एक नेताका अनुसार सो छलफलपछि प्रधानमन्त्री दाहालले पुस २९ गते विश्वासको मत लिनेबारे समझदारी भएको हो।

प्रधानमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले पुस २९ गते विश्वासको मत लिने तयारी गरेका हुन्।