प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

Nepal Cover
१४ पुष २०७९, बिहीबार
image

काठमाडौं । माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि बधाइ दिन राजदूत थम्पसन बिहीबार अपरान्ह बालुवाटार पुगेको माओवादीका एक नेताले पुष्टि गरे।

नेपाल र अमेरिकाको पारस्परिक सम्बन्धका विषयमा दुईबीच छलफल भएको माओवादीका एक नेताले बताए। सरकारलाई अमेरिकाले प्रदान गरेको विभिन्न परियोजनाका विषयमा पनि छलफल भएको बताइएको छ।

प्रचण्ड संसदको दोस्रो ठूलो दल नेकपा एमालेको समर्थनमा गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यसको भोलिपल्ट सोमबार प्रधानमन्त्री पदमा सपथ लिएका उनले बुधबार सरकारी निवास बालुवाटार सरेका थिए। बालुवाटार सरेपछि प्रचण्डले औपचारिकरूपमा कूट्नीतिक नियोगका अधिकारीहरूसँग भेटवार्ता थालेका हुन्।