नयाँ वर्षको पहिलो दिनकाे सुनको मूल्य

Nepal Cover
१७ पुष २०७९, आईतवार
image

काठमाडौं । आज अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन । यस दिन नेपाली बजारमा सुनको मूल्य एक लाख नाघेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार सात सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक् हजार दुई सय रुपैयाँ कायम गरिएको छ ।  

त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।