कुमारी बैंक र एनसीसी बैंकको आजदेखि  एकिकृत कारोबार

  Sampatti News Online

January 1, 2023

कुमारी बैंकले नेपाल क्रेटिड एण्ड कमर्स (एनसिसी) लाई आफूमा गाभेर आजबाट एकीकृत कारोबार सुरू गरेको छ। मर्जरपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको हो।

दुबै बैंकको मंसिर २५ गते बसेको छुट्टाछुट्टै विशेष साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । नेपाल राष्ट्र बैंकले पुस ६ गते मर्जरमा जाने अन्तिम स्वीकृति दिएको थियो ।

मर्जरपछि बैंकको प्रधान कार्यालय अहिले कुमारी बैंक रहेको टंगाल कार्यालय नै कायम भएको बैंकले जनाएको छ ।
हाल एनसिसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ रुपैयाँ छ भने कुमारी बैंकको १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ छ ।

एकीकृत कारोबारपछि कम्पनीको चुक्ता पुँजी करिब २५ अर्ब ८४ करोड पुग्नेछ । बैंकको कुल निक्षेप ३ अर्ब ११ अर्ब ३४ करोड र ऋण २ खर्ब ७४ अर्ब ५५ करोड पुगेको छ ।

मर्जरपछिको प्रमुख कार्यकारी अधिकृतमा रमेश राज अर्याल रहने भएका छन् । उनी हाल एनसीसी बैंकका प्रमुख कार्यकारी हुन भने कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुनेछन् ।

प्रकाशित मिति:January 1, 2023