बाराही हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

  Sampatti News Online

January 2, 2023

बाराही हाइड्रोपावर पब्लिक लिमिटेड (BHPL) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार कम्पनीको २५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधरणको लागि निष्काशन गरेको ७ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको १८ लाख कित्ता सहित २५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ६४ रुपैयाँ ९७ पैसा देखि १९४ रुपैयाँ ९१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । उक्त ओपनिङ्ग रेन्जको आधारमा मंगलबार देखि कम्पनीको शेयर कारोबार खुल्नेछ ।

प्रकाशित मिति:January 2, 2023