कृषि मन्त्रालय सचिबका कारण गतिहीन बन्दै

  Sampatti News Online

January 2, 2023

काठमाडौ । देशको समग्र कृषि क्षेत्रको बिकासका निम्ति समर्पित कृषि तथा पशुपन्छी विकास मन्त्रालय वार्षिक ४५ अर्ब बजेट बोकेर बसेको छ तर गति सुस्त छ । मन्त्रालय भित्र विभिन्न महाशाखाहरु छ्न् । योजना बनाइएको छ, सयौ कर्मचारीहरु कार्यरत छन् तर पनि यसले परिणाम दिन सकेको छैन।

उन्नत जातका बीउ बिजनका कार्यक्रम अत्यन्तै राम्रो ढंगले योजना बनाइएको छ तर किसानले बीउ पाइएन भनेर गरेको गुनासो उतिकै वढेको सुनिन्छ । कृषि सामाग्रीहरुको आयात घटाउने भनिरहेका छौ तर आयात बढिरहेको छ। खेतमा सिजनल मल पाइएको छैन ।

सरकार भर्खरै गठन भयो यो मन्त्रालय कसैको प्राथमिकतामा परेन । देश बनाउने हो भने यो मन्त्रालय सबैको प्राथमिकतामा गनुपर्छ बिज्ञहरु भन्छ्न तर मन्त्रालय बाडफाड हुँदा ठुला दलहरूले यो अपजस आउने मन्त्रालयका रुपमा लिने गरेकाले पछिल्लो समयमा मधेस केन्द्रित पार्टीलाई जिम्मा लगाउने गरिएको छ जसको कारण आउने मन्त्रीले पाएको एउटा मन्त्रालय यसबाट कसरी कमाउने ? यस्तैयस्तै सोचाइको नेतृत्व ब्यहोरेको यो मन्त्रालय पछिल्लो समय सचिब गोबिन्दप्रसाद शर्माका कारण थप अन्योलमा परेको जानकारहरु बताउछ्न।

सचिब शर्मा संग नत भिजन छ, नत काम गर्ने तत्परता छ, नत समन्वय गर्ने क्षमता नै । आफै जान्ने सुन्ने मैले जति बुझेको कसैले छैन भनेर कर्मचारीलाई हप्किदप्की मा उत्रने सचिब शर्मा आफू भन्दा माथिल्लो निकायमा आफनो मन्त्रालयको समस्यालाई प्रस्तुत गर्न नै नसक्ने भएकाले यो मन्त्रालयमा क्षमता भएका दर्जनौं कर्मचारीहरु महिनामा तलब बुझ्ने र फिल्ड काज स्वीकृत गराउदैमा आफनो उर्जा खर्चिरहेका छ्न।
यो पेचिलो यथार्थ कसैले बुझ्ने कोशिस नै गरेको छैन तर बाहिर बाहिर कृषि क्षेत्रको बिकास नभै देश बिकास हुदैन भन्ने नेताका भाषणका प्रिय शब्द सुन्ने मन्त्रालय भित्रका कर्मचारीतन्त्र सचिबको लयमा लय मिलाउदै अन्योल मै समय बिताइरहेका छ्न।

यो आर्थिक वर्षको पाँच महिनामा पाँचौ पटक बिदेश हानिएका सचिब शर्मा अघिल्लो सरकारको चुरिफुरीमा काम गर्नु नपरे नि रमाएकै थिए सरकार परिवर्तन भएको छ । यो कृषि मन्त्रालयको दुरदसा बुझेर काबिल प्रशासक ले नेतृत्व नगर्ने हो भने समृद्धिको नारा नारा मै सिमित हुने जलगैडा तालमा रहेको मन्त्रालयको अवस्था बुझ्नेहरुले प्रतिक्रिया व्यक्त गर्न थालेका छन् ।

प्रकाशित मिति:January 2, 2023