आजदेखि १० लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गर्दै मोलुङ्ग हाइड्रोपावर

Nepal Cover
१९ पुष २०७९, मंगलवार
image

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आज पुस १९ गते मंगलबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेका छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ बिक्रीमा ल्याएको हो।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतका दरले हुने आउने ८ करोड २ लाख ५० हजार रुपैयँ बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहका नेपालीहरुका लागि २ लाख ७२ हजार ८५० कित्ता शेयर पनि निष्काशन गर्न लागेको हो।