बन मन्त्रालय सचिवको पर्खाइमा

  Sampatti News Online

January 3, 2023

काठमाडौं । मंसिर १४ बाट सचिव प्रेमप्रसाद कडेलको सेवा सकिए संगै नयाँ सचिबको प्रतीक्षामा रहेको बन तथा वतावरण मन्त्रालयले एक महिना बितिसक्दा समेत अहिले सम्म पनि मुख्य सचिब पाउन सकेन । ६ वटा महाशाखा रहेको मन्त्रालयले प्रसस्तै योजना बनाएको भएपनि देखिने काम गर्न नसक्दा सचिब कडेलको सेवा सकिए पछि घर गएका थिए।

महत्त्वपूर्ण मन्त्रालय भएपनि यसको मर्म अनुसारको काम हुनुपर्नेमा आज भोलि त सचिब बिहिन मन्त्रालय त हो जाडो मौसमको काम कहिले जाला घाम मातहतका कर्मचारी आआफ्नो धुनमा रहेको समाचार श्रोतले जानकारी गराएको छ ।

अर्को सचिब ले हाजिर नगरेसम्मका लागी प्रशासन कै सहसचिव शिवप्रसाद रेग्मी लाई निमित्त सचिबको जिम्मेवारी दिइएको छ । मन्त्रालय भित्र प्रशासनको भाषा बुझ्ने निमित्त सचिब रेग्मीलाई बनको प्राबिधिक बिषय बुझाउन नसक्दा बन सेवामा कार्यरत कर्मचारीले सास्ती खेप्नुपरेको यथार्थले नयाँ सरकार बने सगै अब हाम्रो सचिब कहिले आॐछ्न्, उनीहरुको निम्ति प्रतीक्षाको बिषय बनेको छ।

प्रत्येक महाशाखाले समेत आफनो काम गराउन सकेका छैनन् । जलबायु परिवर्तन हेर्ने महाशाखाले दातृराष्ट्रको सहयोग सक्ने काम भने तीब्र रुपमा भैरहेको बताइएको छ।

जलबायु परिवर्तन कार्यक्रम कतिपयका निम्ति बिदेश घुम्ने स्वदेशका जिल्लास्तरीय कार्यक्रमका नाममा रकम सक्ने अभियान भने नरोकिएको र आफ्नो बचाउका निम्ति केही निश्चित संचार स‌‌स्थालाइ प्रचारप्रसार गर्ने उद्देश्यले बजेट दिएको भएपनी सो सन्दर्भ समेत प्रभाव हिन बन्दै गएको बताइएको छ।

बन सेवाको तीन जना वरिष्ठ सहसचिवको को नाम एक सचिब बढुवाको निम्ति सिफारिस भैसकेको छ । तर अहिलेसम्म टुङिएको छैन यो बीचमा कृषि वा पशु पछी मन्त्रालयका सचिब लाई बनमा ल्याउने तयारी भएपनी अन्तिममा रोकिन पुगेको थियो।

प्रकाशित मिति:January 3, 2023