प्रधानमन्त्री दाहालको सचिबहरुलाइ ३२ बुदे निर्देशन

  Sampatti News Online

January 3, 2023

कतिपय मन्त्रालयका सचिबको ब्रिफिङ फितलो

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालय र विभिन्न निकायका नेतृत्वमा रहेका नेपाल सरकारका सचिवहरूले समस्या र योजनाबारे दुई दिन लगाएर ब्रिफिङ गरेका छन् । सोमबार ११ बजेदेखि सुरु भएको प्रधानमन्त्रीसँग सचिवहरूको ब्रिफिङको कार्यक्रम मंगलबार पनि जारी रहे सगै अन्तिममा प्रधानमन्त्रीले ३२ बुदे निर्देशन दिनु भएको छ।

प्रधानमन्त्री दाहालसँग सचिवहरूको पहिलो दिनको बैठकमा १८ मन्त्रालयका सचिवहरूसँग काम कसरी भइरहेको छ भन्नेबारे ब्रिफिङ लिनेकाम भएको थियो ।

मन्त्रालयका सचिवहरूको ब्रिफिङका लागि प्रत्येक सचिवहरूले ५/७ मिनेट समय छुट्याइएको थियो । मन्त्रालयका सचिवहरूले आआफ्ना कुरा राख्नुभएको छ । निकाय मन्त्रालय र आयोगहरूका सचिव सहित ७० जनाले ब्रिफिङ गरेपछि प्रधानमन्त्रीले मुख्य सचिब सामु ३२ बुदे निर्देशन दिनुभएको हो। भइरहेका प्रगति विवरण तथा समस्याबारे प्रधानमन्त्रीसँग सचिवहरूले ब्रिफिङ गर्ने कार्यक्रममा कतिपय मन्त्रालयका सचिबको प्रस्तुति अत्यन्तै कम्जोर रहेको थियो ।

बाणिज्य आपूर्ति ,कृषि तथा पशुपछी ,उर्जा ,शिक्षा ,स्वास्थ्य, बन ,शहरी ,खेलकुद मन्त्रालयका सचिबहरुको प्रस्तुति कम्जोर रहेको थियो भने अर्थ सचिब कृष्णहरि पुस्करले सैद्धान्तिक कुरा मात्रै राखेका थिए उनले समाधानका उपाय दिन सकेनन् ।

सचिवहरूले मन्त्रालय मातहतका कार्यक्रम र भौतिक पूर्वाधार तथा योजनाको प्रगति विवरणबारे पनि प्रधानमन्त्रीसँग भौतिक सचिब गोपालप्रसाद सिग्देलले अत्यन्तै प्रष्ट ढंगले सुझाव दिएको बताइएको छ।त्यस्तै श्रम तथा वैदेशिक रोजगार मन्त्रालय , रक्ष।,भुमि सुधारका सचिवहरूले राम्रो ब्रिफिङ गरेको बताइएको छ ।

सचिवहरूको ब्रिफिङ प्रस्तुत गर्ने क्रम सकिएपछि प्रधानमन्त्री दाहालले निर्देशनात्मक सम्बोधन गर्दै नतिजामुखी काममा निम्ति निर्देशन दिनुभएको थियो ।

तेस्रो पटक प्रधानमन्त्रीमा चयन भएपछि दाहालले पहिलो पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूबाट काम र योजनाबारे ब्रिफिङ लिनुभएको हो।

सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालय र निकायको कामकारबाही जानकारी लिने काम सुरु गरेको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीको सचिवालय बाट जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति:January 3, 2023