प्रधानमन्त्री प्रचण्डको निजी सचिवमा सहसचिव ढुङ्गाना नियुक्त

  Sampatti News Online

January 4, 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘निजी सचिव’मा सहसचिव नवराज ढुङ्गाना नियुक्त भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका सहसचिव ढुङ्गानालाई सोमबार(हिजो) कार्यालयले निजी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । 

सहसचिवमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय दलित आयोग, महालेखा नियन्त्रकको कार्यालय र वीरगन्ज भन्सारमा काम गरेका ढुङ्गाना वीरगन्ज भन्सारमा रहँदा कृषि औजार कारखानाको सञ्चालक समितिको अध्यक्षसमेत भई काम गरेका थिए ।   

यसअघि उपसचिव बस्दै आएकोमा प्रधानमन्त्रीको निजी सचिवालय प्रभावकारी बनाउन भन्दै सहसचिवलाई राखिएको सचिवालय स्रोतले बतायो । मन्त्री तथा प्रधानमन्त्रीको निवासमा स्वकीय र मन्त्रालय तथा कार्यालयमा निजी सचिवालय रहने व्यवस्था छ ।

प्रकाशित मिति:January 4, 2023