आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु, दुई घाइते

Nepal Cover
२० पुष २०७९, बुधबार
image

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको हो ।

मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आगोमा जलेर ५५ वर्षीय मेखबहादुर गुरुङ र उनका छोरा विजेन्द्र घाइते छन् । उनीहरुको अवस्था सामान्य छ । उनीहरुको टाउको, हात र खुट्टामा आगोले पोलेको छ ।

उक्त घरमा ७ जना सुतेकोमा २ जनाको मृत्यु भएको, दुई जना घाइते भएको र तीन जना भागेर ज्यान जोगाउन सफल भएको प्रहरी जानकारी दिएको छ ।