प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

  Sampatti News Online

January 4, 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा भेटवार्ता भएको हो ।

प्रचण्डले शपथ ग्रहण गरेपछि दुवै नेताबीच पहिलोपटक औपचारिक भेटवार्ता भएको हो । यसअघि अध्यक्ष नेपालले आफूलाई सरकारलाई समर्थन गर्न औपचारिक आग्रह नगरिएको बताउने गरेका थिए ।

नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई समर्थन गर्ने/नगर्ने निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ । पार्टीमा छलफल जारी नै रहेका बेला प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

प्रकाशित मिति:January 4, 2023