January 6, 2023
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट बहस सुरु हुँदैछ । यसअघि गत पुस ६ गते लामिछानेविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै दुवै पक्षबीच छलफलका लागि आदेश दिएको थियो । संवैधानिक इजलासमा पेशी चढेकाले आज लामिछानेविरुद्ध दर्ता भएको रिटमाथि बहस हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताउनुभयो ।
प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश जारी नभएपछि लामिछानेलाई शपथ लिनका लागि बाटो खुलेको थियो । उनी गृहमन्त्री नुयुक्त भइसकेका छन् ।
नागरिकता विवादसँग जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाइएको भन्दै प्रश्न उठेको थियो । लामिछानेले आफूमाथि भइरहेको छानबिनमा कुनै हस्तक्षेप नहुने प्रष्ट्याइसकेका छन् । अमेरिकी पासपोर्ट रहेकै अवस्थामा पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट पनि बनाएको उनीमाथि आरोप छ ।
प्रकाशित मिति:January 6, 2023