कोशी अस्पतालकाे अनधिकृत संरचना माथी महानगरले चलायो डोजर

Nepal Cover
२२ पुष २०७९, शुक्रबार
image

विराटनगर । कोशी अस्पताल अगाडि निर्माण गरिएका अनधिकृत संरचना विराटनगर महानगरपालिकाले बिहीबार भत्काएको छ। अस्पतालले पटक पटक सटर खाली गराउन आग्रह गर्दै आए पनि व्यापारीले अनधिकृत संरचनामा रहेका सटरहरु खाली गरेका थिएनन्।

बिहीबार महानगरले अनधिकृत रुपमा बनाइएको संरचना डोजर लगाएर भत्काएका थिए। अस्पताल परिसरमा रहेका ती भवनमा सात वटा होटलहरु चलिरहेका थिए। अस्पतालसँग सम्झौता गरेर सटरमा व्यापार गरिरहेका व्यवसायीहरुले अस्पताललाई सटरको भाडा भने लाखौं तिर्न बाँकी छ। अस्पतालले उनीहरुसँग भाडा उठाउने बताएको छ।