विदेशीले नेपालबाट लगे अर्बऔ रेमिट्यान्स

  Sampatti News Online

January 8, 2023

नेपालमा श्रम स्वीकृति लिने विदेशीमा चिनियाँ सबैभन्दा बढी, बेलायती दोस्रो र अमेरिकी तेस्रो ल अनौपचारिक रूपमा भारतबाट साढे एक खर्ब भित्रिँदा नेपालबाट झन्डै चार खर्ब जान्छ  

नेपालमा काम गर्न आएका विभिन्न मुलुकका नागरिकहरूले पाँच वर्षमा झन्डै ३२ अर्ब रेमिट्यान्स उनीहरूको देशमा पठाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक ०७४/७५ देखि गत आव ०७८/७९ को अवधिसम्ममा ३१ अर्ब ८७ करोड १० लाख रुपैयाँ नेपालबाट बिदेसिएको हो । विश्वका विभिन्न मुलुकबाट नेपाल आउने आप्रवासी कामदारमार्फत औपचारिक रूपमा उक्त रकम बाहिरिएको हो । तर, नेपालमा सबैभन्दा बढी भित्रिने भारतका कामदारले अनौपचारिक रूपमा पठाउने रकम भने यसमा समावेश गरिएको छैन । 

प्रकाशित मिति:January 8, 2023