शेयर बजारमा दोहोरो अंकको वृद्धि

  Sampatti News Online

January 8, 2023

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ । आज नेप्से परिसूचकमा २०.५५ अंकले वृद्धि भई २१६४.४८ विन्दुमा रोकिएको छ । आज ०.९६ प्रतिशतले सेयर बजार बढेकोे हो ।

यस्तै, हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भइरहेको छ । यस कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । दोश्रोमा शिभव् सिमेन्टका र तेश्रोमा रिडी पावर कम्पनीको बढीको सेयर बिक्री भएको छ ।

त्यस्तै, आज कारोबार रकम पाँच अर्ब रुपैयाँ नाघेको छ । आज पाँच अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १३३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५४५.५० रुपैयाँ पुगेको छ भने बाराही हाइड्रोपावर १० प्रतिशतले बढेर प्रतिकित्ता २५८.५० रुपैयाँ पुगेको छ । यसका साथै तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।  

आज बुद्धभुमी नेपाल हाइड्रोपावर, वीन नेपाल लघुवित्त वित्तीय संस्था र सिर्जनशिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज २१ करोड २९ लाखभन्दा बढीको कारोबार भएको छ ।   

प्रकाशित मिति:January 8, 2023