६१ वटा क्रसर उद्योग बन्द

  Sampatti News Online

January 9, 2023

रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अवैधरुपमा सञ्चालन भई रहेका ६१ वटा क्रसर उद्योग बन्द गरेका छन् । कानुन विपरीत दर्ता नगरी तथा नवीकरणलगायत सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यक्रम संलग्न उद्योगहरूलाई तत्काल बन्द गर्ने गृह मन्त्रालयको निर्देशनसँगै अवैध रूपमा सञ्चालन गरिएका उद्योग बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । 

गृहको निर्देशनअनुशार जिल्ला अनुगमनबाट निर्णय गर्दै आइतवारदेखि नै लागू हुने गरी अवैध रूपमा सञ्चालनमा आएका क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी  पाण्डेले बताए ।

गृह मन्त्रालयले विकास निर्माण आयोजनामा पूर्व स्वीकृत मापदण्ड र तोकिएको परिमाणभन्दा बढी ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन एवं दोहन हुने गरेको र आयोजना सम्पन्न भएपश्चातसमेत निरन्तर दोहन भईरहेको भन्ने जानकारी हुन आएको भन्दै वातावरण संरक्षण ऐन, २०७६ को पालना र अदालतको आदेश कार्यान्वयन गर्न सचिवस्तरीय निर्णय गरी अवैध क्रसर उद्योग बन्द गर्न सवै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको थियो  । 

प्रकाशित मिति:January 9, 2023